AI प्लेलिस्ट जेनेरेटर
AI प्लेलिस्ट जेनेरेटरबाट प्लेलिस्ट कसरी बनाउने?
तपाईंका लागि मात्र बनाइएको कस्टम प्लेलिस्ट पत्ता लगाउन तयार हुनुहुन्छ? बस प्लेलिस्टहरू ट्याब खोल्नुहोस् र AI प्लेलिस्ट बटन छान्नुहोस्। तपाईं के खोजिरहनुभएको छ, वर्णन गर्नुहोस् - विधा, मुड, वाद्ययन्त्र वा अन्य कुनै खास विवरणहरू - अनि AI ले आफ्नो जादु देखाउनेछ। तपाईंको प्लेलिस्ट तयार भएपछि तपाईंलाई सूचना आउनेछ र यो प्लेलिस्टहरू ट्याबमा देखिनेछ, जहाँ तपाईं मज्जाले सुन्न सक्नुहुन्छ।
प्रम्प्टका उदाहरणहरू
“मन हलुका पार्न मद्दत गर्ने, सपनाजस्तो गायन र मिनिमल इलेक्ट्रोनिक बिट्ससहितको आरामदायी इन्डी प्लेलिस्ट।”
“मलाई रोड ट्रिपका लागि जीवन्त कन्ट्री हिट्स र पुराना सम्झना जगाउने सफ्ट रकको मिक्स चाहियो।”
“राति अबेरसम्म पढ्दा सुन्नका लागि एम्बियन्ट र नियो-सोल ट्र्याकहरूको मनलाई शान्त पार्ने मिश्रण।”
आफ्नो माहोलसँग मिल्ने गीतहरूको उत्तम मिक्स पाउन फरक-फरक प्रम्प्टहरू प्रयोग गरेर हेर्नुहोस्। तपाईंलाई जोसिला ट्र्याकहरू चाहियोस् वा आरामदायी चिल-आउट धुनहरू, AI प्लेलिस्ट जेनेरेटरले तपाईंका लागि मिलाइएको छनोट तपाईंको औंलाको टुप्पोमै ल्याइदिनेछ। म्युजिकको आनन्द लिनुहोस्!